२०८२, ४ माघ आईतबार

‘विश्व शान्ति मैत्री पूजा’ सिन्धुलीमा

‘विश्व शान्ति मैत्री पूजा’ सिन्धुलीमा


काठमाडौँ, १ माघ : बोधि श्रवण धर्म सङ्घले विश्व शान्ति र मानव कल्याणको कामनासहित यही माघ ३ देखि ६ गतेसम्म सिन्धुली कमलामाई नगरपालिका–८ पैरेमा ‘विश्व शान्ति मैत्री पूजा’ गर्ने भएको छ ।

मैत्री धर्मका संस्थापक रामबहादुर बमजमले जीवन र जगत्बारे दीक्षा दिनुभएका धर्मगुरुको सहभागितामा हुने पूजामा विश्वका प्राणीजगत्प्रति सकारात्मक दृष्टिकोण विकास गरी अहिंसा अपनाउने र शान्ति कायम गर्ने उद्देश्य राखिएको छ । विभिन्न कारणले मृत्युवरण गरेका पितृको उद्धार गर्न प्रार्थना तथा पूजा गरिनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका प्रवक्ता तथा पूर्वमन्त्री मणि लामाले समाजमा एकापसमा सद्भाव तथा भ्रातृत्व कायम राख्न सकेमा मात्र शान्ति र समृद्धि प्राप्त हुने बताउँदै त्यसका लागि पूजा गर्न लागिएको जानकारी दिनुभयो । सङ्घका सदस्य भूमि देवकोटाले सङ्घका गतिविधिमा प्रहरीले अनुसन्धान गरिरहेका समयमा सङ्घप्रति लक्षित गरी विभिन्न नकारात्मक प्रचार गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ६ : ५५ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई