२०८३, १८ आश्विन सोमबार

हरिशङ्कर मन्दिर निर्माण आगामी वर्षसम्म

हरिशङ्कर मन्दिर निर्माण आगामी वर्षसम्म


ललितपुर १ माघ : पाटन दरबार क्षेत्रमा रहेका महत्वपूर्ण स्मारकमध्ये एक हरिशङ्कर मन्दिरको निर्माण आगामी वर्षसम्म सम्पन्न हुने भएको छ ।

मन्दिरको तल्लो तलामा काम सकिएको र माथिल्लो तलामा काम धमाधम भइरहेकाले एक वर्षमा सम्पन्न हुने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भूकम्पको एक वर्षपछि पाटन दरबार क्षेत्रका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु भएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

भूकम्पका कारण मन्दिर पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । तीनतले मन्दिरको निर्माणमा अधिकांश पुरानै सामग्री प्रयोग भइरहेको छ । काठमाडौँ उपत्यका संरक्षण कोष ९केभिपिटी० ले यहाँका १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो । उहाँले भन्नुभयो, “यसअघि १० स्मारक सम्पन्न भइसक्यो भने यो मन्दिर र चार नारायण मन्दिरको काम भइरहेको छ ।”

हिन्दू धर्ममा हरिशङ्कर भन्नाले आधा शिव र आधा विष्णुको स्वरुप मानिन्छ । यो मन्दिरको निर्माण यहाँका अरु धेरै स्मारकजस्तै १८औँ शताब्दीमा भएको थियो । पाटनका मल्ल राजा योग नरेन्द्र मल्लको छोरीले यो मन्दिर निर्माण गर्न लगाएको इतिहास पाइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस ठाउँमा केभिपिटीले गरेका काम एकपछि अर्को सम्पन्न भए पनि गुठी संस्थानले ठेकेदारमार्फत गरिरहेको कामले गति लिन सकेको छैन ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ४ : १२ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम