२०८२, ४ माघ आईतबार

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु


लमही १ माघ: दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजीत मल्लका छोरा हुन् । सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना भएको बयान दिएका छन् ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ३ : ४३ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता