२०८३, २८ श्रावण शुक्रबार

माघे संक्रान्ती र पौराणीक पाँच महत्वहरु हेर्नुहोस्

माघे संक्रान्ती र पौराणीक पाँच महत्वहरु हेर्नुहोस्


काठमाडौं ३० पुस : नेपालमा प्रत्येक वर्ष माघ महिनाको १ गतेलाई हामी ‘माघे सक्रान्ती’ वा ‘मकर सक्रान्ती’को रुपमा मनाउने गर्दछौँ । परापूर्व कालदेखि मकर सक्रान्ती मनाउने चलन थियो । यो पर्व नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ । तर, हामी मकर सक्रान्ती किन मनाउँछौ त्यो विषयमा हामीमध्ये धेरैलाई थाहा नहोला । मकर सक्रान्ती हिन्दुहरुको एउटा महत्वपूर्ण चाडमध्येको एक भएका कारण यसलाई विभिन्न सांस्कृतिक रुपमा निकै श्रद्धा र उत्साहपूर्वक मनाइने गरिन्छ । मकर सक्रान्तीलाई संक्रमणकालीन चरण मानिन्छ जब सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्दछ । मकर सक्रान्ती आफैलाई आत्मप्रकाशित गर्ने एउटा प्रतिकका साथै यसलाई कृतज्ञता प्रकट गर्ने दिवशको रुपमा पनि मनाइन्छ । मकर सक्रान्ती मनाउनुको पछाडि ज्योतिष सम्बन्धी र पौराणिक महत्व छ

माघे संक्रान्ती र महत्व
मकर सक्रान्तीको महत्व यसको नाममा नै लुकेको छ । मकरको अर्थ हो मकर राशी र सक्रान्तीको अर्थको संक्रमण । यो दिन सूर्य एउटा राशीदेखि अर्को राशीमा प्रवेश गर्ने गर्दछ । १२ महिना १२ राशीको लागि हो । सूर्यको सबै संक्रमणमध्ये यो संक्रमण जब सक्रमणलाई महत्वपूर्ण मानिन्छ । यो संक्रमणमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने गर्दछ । यो दिनलाई पवित्र मानिन्छ र यो दिनबाट ६ महिनाको उत्तरायणको प्रारम्भ हुने गर्दछ । मकर सक्रान्ती पछि चिसो कम हुने र बिस्तारै गर्मी सुरु हुने आम मानिसहरुको धारणा छ ।
पौराणीक महत्व
.पुराणका अनुसार यो दिन भगवान सूर्य आफ्ना छोरा शनिको घरमा आउँने गर्दछन् ।
.पिता र पुत्रबिच कुना नमिल्ने भएपनि मतभेदका बिच पिता सूर्य पुत्र शनिको घरमा आउने गर्दछन् र त्यहाँ एक महिना बस्दछन् ।
३.मकर सक्रान्तीको दिनदेखी देवताहरुको दिन प्रारम्भ हुन्छ । यो दिनलाई मलमास समाप्तीको प्रतिकको रुपमा पनि लिइन्छ ।
. मकर सक्रान्तीको दिनमा भगवान विष्णुले नकारात्मक शक्तिहरुलाई नष्ट गरेको मानिन्छ । भगवान विष्णुले नकारात्मक शक्तिहरुको टाउकोलाई मंदार पर्वतको मुनी गाडेका थिए । यो दिन नकारात्मक शक्तिहरुको समाप्ति र नयाँ नैतिक जीवनको प्रारम्भको दिन हो ।
. महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त भएको थियो र उनले मकर सक्रान्तीको दिनमा नै आफ्नो प्राण त्याग्ने निर्णय गरेको थिए । उनी मकर सक्रान्तीको दिनसम्म वाणहरुको शैयामा सुतिरहेका थिए र उनको आत्माले उनको शरिरलाई यहि दिनमा नै छोडेको थियो । जो मानिसहरुको मृत्यु उत्तरायणको दौरान हुन्छ उनीहरुले मुक्ति पाउने अर्थात उनीहरु स्थानान्तरगमनको चक्रबाट मुक्त हुने मान्यता रहेको छ ।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ६ : ०४ बजे

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय