२०८२, १७ मंसिर बुधबार

माघे संक्रान्ती र पौराणीक पाँच महत्वहरु हेर्नुहोस्

माघे संक्रान्ती र पौराणीक पाँच महत्वहरु हेर्नुहोस्


काठमाडौं ३० पुस : नेपालमा प्रत्येक वर्ष माघ महिनाको १ गतेलाई हामी ‘माघे सक्रान्ती’ वा ‘मकर सक्रान्ती’को रुपमा मनाउने गर्दछौँ । परापूर्व कालदेखि मकर सक्रान्ती मनाउने चलन थियो । यो पर्व नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ । तर, हामी मकर सक्रान्ती किन मनाउँछौ त्यो विषयमा हामीमध्ये धेरैलाई थाहा नहोला । मकर सक्रान्ती हिन्दुहरुको एउटा महत्वपूर्ण चाडमध्येको एक भएका कारण यसलाई विभिन्न सांस्कृतिक रुपमा निकै श्रद्धा र उत्साहपूर्वक मनाइने गरिन्छ । मकर सक्रान्तीलाई संक्रमणकालीन चरण मानिन्छ जब सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्दछ । मकर सक्रान्ती आफैलाई आत्मप्रकाशित गर्ने एउटा प्रतिकका साथै यसलाई कृतज्ञता प्रकट गर्ने दिवशको रुपमा पनि मनाइन्छ । मकर सक्रान्ती मनाउनुको पछाडि ज्योतिष सम्बन्धी र पौराणिक महत्व छ

माघे संक्रान्ती र महत्व
मकर सक्रान्तीको महत्व यसको नाममा नै लुकेको छ । मकरको अर्थ हो मकर राशी र सक्रान्तीको अर्थको संक्रमण । यो दिन सूर्य एउटा राशीदेखि अर्को राशीमा प्रवेश गर्ने गर्दछ । १२ महिना १२ राशीको लागि हो । सूर्यको सबै संक्रमणमध्ये यो संक्रमण जब सक्रमणलाई महत्वपूर्ण मानिन्छ । यो संक्रमणमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने गर्दछ । यो दिनलाई पवित्र मानिन्छ र यो दिनबाट ६ महिनाको उत्तरायणको प्रारम्भ हुने गर्दछ । मकर सक्रान्ती पछि चिसो कम हुने र बिस्तारै गर्मी सुरु हुने आम मानिसहरुको धारणा छ ।
पौराणीक महत्व
.पुराणका अनुसार यो दिन भगवान सूर्य आफ्ना छोरा शनिको घरमा आउँने गर्दछन् ।
.पिता र पुत्रबिच कुना नमिल्ने भएपनि मतभेदका बिच पिता सूर्य पुत्र शनिको घरमा आउने गर्दछन् र त्यहाँ एक महिना बस्दछन् ।
३.मकर सक्रान्तीको दिनदेखी देवताहरुको दिन प्रारम्भ हुन्छ । यो दिनलाई मलमास समाप्तीको प्रतिकको रुपमा पनि लिइन्छ ।
. मकर सक्रान्तीको दिनमा भगवान विष्णुले नकारात्मक शक्तिहरुलाई नष्ट गरेको मानिन्छ । भगवान विष्णुले नकारात्मक शक्तिहरुको टाउकोलाई मंदार पर्वतको मुनी गाडेका थिए । यो दिन नकारात्मक शक्तिहरुको समाप्ति र नयाँ नैतिक जीवनको प्रारम्भको दिन हो ।
. महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त भएको थियो र उनले मकर सक्रान्तीको दिनमा नै आफ्नो प्राण त्याग्ने निर्णय गरेको थिए । उनी मकर सक्रान्तीको दिनसम्म वाणहरुको शैयामा सुतिरहेका थिए र उनको आत्माले उनको शरिरलाई यहि दिनमा नै छोडेको थियो । जो मानिसहरुको मृत्यु उत्तरायणको दौरान हुन्छ उनीहरुले मुक्ति पाउने अर्थात उनीहरु स्थानान्तरगमनको चक्रबाट मुक्त हुने मान्यता रहेको छ ।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ६ : ०४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी