२०८३, २३ भाद्र बुधबार

नेपालका तिब्बती शरणार्थीलाई सघाउने अमेरिकी सिनेटको निर्णय

नेपालका तिब्बती शरणार्थीलाई सघाउने अमेरिकी सिनेटको निर्णय


काठमाडौं, ३० पुष : नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ। अमेरिकी सिनेटले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपाल र भारतमा रहेका तिब्बतीलाई सहयोग गर्ने नीति पास गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

अमेरिकी सिनेटले २०१८ डिसेम्बर ३१ मा पारित गरेको ‘एसियालाई आश्वस्त पार्ने पहलसम्बन्धी ऐन’ मा इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकी स्वार्थलाई बढावा दिन प्रत्येक आर्थिक वर्ष एक अर्ब ५० करोड डलर खर्च गर्ने उल्लेख छ। सोही पहलअन्तर्गत इन्डो प्यासिफिक क्षेत्रमा प्रजातन्त्र पवर्द्धन शीर्षकका लागि भन्दै बर्सेनि २१ करोड डलर खर्च गर्ने अमेरिकी योजना छ।

सो ऐनअन्तर्गत हरेक आर्थिक वर्षमा जबाफदेहिता, पारदर्शिता, नागरिक समाजका लागि र डेमोक्रेसी इन चाइना शीर्षकमा खर्च गर्ने उल्लेख छ। त्यसअन्र्तगत चीनको स्वाशासित क्षेत्र, चीनका अन्य प्रान्त तथा नेपाल र भारतमा बस्ने तिब्बती समुदायमा गैरसरकारी संस्थामार्फत त्यस्तो रकम खर्च गरिनेछ।

नेपाल सरकारले भने तिब्बती शरणार्थीलाई ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधिमा रोक लगाएको छ। सरकारको नीतिविपरीत गतिविधि गर्न खोज्नेलाई पक्राउ गरी कानुनी कारबाही गरिँदै आएको छ। पूर्वगृहसचिव डा. गोविन्द कुसुमले नेपालमा रहेका तिब्बतीलाई सघाउने अमेरिकी योजना उपयुक्त नभएको प्रतिक्रिया दिए।

प्रकाशित मिति : २०७५, ३० पुस सोमबार  ८ : १८ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४