२०८३, १८ आश्विन सोमबार

फोनिजको राष्ट्रिय भेला कास्कीमा

फोनिजको राष्ट्रिय भेला कास्कीमा


काठमाडौँ, २९ पुस:नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ । महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गर्नुभएको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र शाखाका अध्यक्ष सहभागी हुने निश्चित गरिएको छ ।

नेपाल पत्रकार महासङ्घले हालै गरेको महासङ्घको सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट गर्ने सैद्धान्तिक निर्णयकको बैठकले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासङ्घ पूर्ण समावेशी हुनुपर्ने, समानुपातिक र समावेशी सिद्धान्तका आधारमा निर्वाचन गरी थप समावेशी बनाउन फोनिजले माग गरेको छ ।

देवानी र फौजदारी संहिता ऐन २०७४ तथा गोपनीयताको हकसम्बन्धी व्यवस्थामा प्रेस स्वतन्त्रतालाई सङ्कुचन पार्ने प्रावधान संशोधन गरी प्रेसमैत्री बनाउन सुझाव कार्यदलले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्न माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । उपचाररत पत्रकार विजय राना मगर र रञ्जु दनुवारको उपचारका लागि थालिएको सहयोग अभियानलाई प्रभावकारी बनाउने र यही पुस २२ गते दिवङ्गत पत्रकार मकरध्वज (एमडी) कुलुङको आश्रित परिवारलाई आर्थिक सहयोगका लागि पत्रकार महासङ्घसँग सहकार्य गरेर अभियान चलाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : १५ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा