२०८२, ४ माघ आईतबार

फोनिजको राष्ट्रिय भेला कास्कीमा

फोनिजको राष्ट्रिय भेला कास्कीमा


काठमाडौँ, २९ पुस:नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को राष्ट्रिय भेला आगामी फागुन ८ गते कास्कीको धम्पुसमा हुने भएको छ । महासङ्घको तेस्रो पूर्ण बैठकपछि महासचिव मनोज घर्ती मगरले जारी गर्नुभएको विज्ञप्तिअनुसार सो भेलामा सङ्घीय समिति, सल्लाहकार, लेखा र अनुशासन समिति तथा संस्थागत सदस्य संस्थाले तोकेका एक÷एक प्रतिनिधि र शाखाका अध्यक्ष सहभागी हुने निश्चित गरिएको छ ।

नेपाल पत्रकार महासङ्घले हालै गरेको महासङ्घको सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीका माध्यमबाट गर्ने सैद्धान्तिक निर्णयकको बैठकले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ । पत्रकार महासङ्घ पूर्ण समावेशी हुनुपर्ने, समानुपातिक र समावेशी सिद्धान्तका आधारमा निर्वाचन गरी थप समावेशी बनाउन फोनिजले माग गरेको छ ।

देवानी र फौजदारी संहिता ऐन २०७४ तथा गोपनीयताको हकसम्बन्धी व्यवस्थामा प्रेस स्वतन्त्रतालाई सङ्कुचन पार्ने प्रावधान संशोधन गरी प्रेसमैत्री बनाउन सुझाव कार्यदलले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयन गर्न माग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । उपचाररत पत्रकार विजय राना मगर र रञ्जु दनुवारको उपचारका लागि थालिएको सहयोग अभियानलाई प्रभावकारी बनाउने र यही पुस २२ गते दिवङ्गत पत्रकार मकरध्वज (एमडी) कुलुङको आश्रित परिवारलाई आर्थिक सहयोगका लागि पत्रकार महासङ्घसँग सहकार्य गरेर अभियान चलाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : १५ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई