२०८२, ४ माघ आईतबार

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो


काठमाडौँ, २९ पुस : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो ।

मौसमविद् समीर श्रेष्ठका अनुुसार रातको समयमा आकाश खुला भए तापक्रम घट्ने र बदली भए तापक्रम बढ्ने हुन्छ । “केही दिन तापक्रम घटबढ भइरहनेछ”, उहाँले भन्नुभयो । आंशिक प्रभावका कारणले देशको पूर्वी तथा मध्य भू–भागमा सामान्यदेखि पूर्णतया बद्ली भई केही क्षेत्रमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा आंशिकरुपमा बद्ली भई एक÷दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । राति देशको पूर्वी भू–भागका केही स्थानमा तथा मध्यपहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै सोमबार पूर्वी पहाडी भू–भागमा आंशिक बद्ली भई बाँकी भू–भागमा मौसम सफा रहनेछ । मङ्गलबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ६ : ३५ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई