२०८२, १ आश्विन बुधबार

हर्न बजाउने ३७९ चालक कारवाहीमा

हर्न बजाउने ३७९ चालक कारवाहीमा


दाङ, २९ पुस: तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक रहेका छन् । सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो ।

तीमध्ये १८९ जनाबाट जरिवानास्वरुप रु ९८ हजार राजश्व सङ्कलन भएको छ । एक सय ९० जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्ने आलआट्ल गरेपछि ती चालको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई तुलसीपुर उपमहानगरपालिका र प्रदेश नं ५ को प्रहरी कार्यालयले बृहत् जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र तोकेको थियो । हर्न निषेध कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफ्नो अनुगमन तीव्र पारेको छ । अहिले बजारका मुख्य चोकचोकमा जेब्रा क्रसिङदेखि सर्वसाधारण पैदल यात्रुलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरिकालगायतका बारेमा सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको विभिन्न १० स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । ट्राफिक व्यवस्थापन सहज तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माणपछि पैदल यात्रुलाई सडक पार गर्न सजह भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ५ : ४६ बजे

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद्

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो डढेको शव, जेनजी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीबीच राजधानी काठमाडौंको

आन्दोलनको दबाबमा सभामुखको राजीनामा : राजनीतिक जिम्मेवारी कि नाटकीय भागाभाग ?

हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको