२०८२, २३ चैत्र मंगलबार

हर्न बजाउने ३७९ चालक कारवाहीमा

हर्न बजाउने ३७९ चालक कारवाहीमा


दाङ, २९ पुस: तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक रहेका छन् । सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो ।

तीमध्ये १८९ जनाबाट जरिवानास्वरुप रु ९८ हजार राजश्व सङ्कलन भएको छ । एक सय ९० जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्ने आलआट्ल गरेपछि ती चालको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई तुलसीपुर उपमहानगरपालिका र प्रदेश नं ५ को प्रहरी कार्यालयले बृहत् जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र तोकेको थियो । हर्न निषेध कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफ्नो अनुगमन तीव्र पारेको छ । अहिले बजारका मुख्य चोकचोकमा जेब्रा क्रसिङदेखि सर्वसाधारण पैदल यात्रुलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरिकालगायतका बारेमा सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको विभिन्न १० स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । ट्राफिक व्यवस्थापन सहज तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माणपछि पैदल यात्रुलाई सडक पार गर्न सजह भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ५ : ४६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि