२०८२, १२ माघ सोमबार

बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी

बजेट कार्यान्वयन प्राथमिकतामा : मन्त्री केसी


रुकुम पश्चिम, २८ पुस : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सदरमुकाम मुसिकोटमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताउनुभयो । विनियोजित बजेट कार्यान्वयन सरकारको प्रमुख चुनौती भएकाले कार्यान्वयनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले आगामी योजना निर्माण गर्दा रु एक करोडभन्दा कमका योजना नबनाउने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो । “सानासाना योजनामा बजेट हाल्दा प्रगति नदेखिने भएकाले रु एक करोडभन्दा माथिका योजना मात्र बनाउने तयारी छ,” उहाँले भन्नुभयो । प्रदेशमा योजना आयोग बनिसकेकाले योजना बनाउन सजिलो हुने उहाँको भनाइ थियो । प्रदेश सरकारले रुकुम पश्चिमका लागि रु एक अर्बभन्दा बढी बजेट विनियोजन गरेकाले उक्त बजेट कार्यान्वयनमा सहयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : ३६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै