२०८२, ४ माघ आईतबार

पिक एन्ड ड्रपः कडाइका साथ कार्यान्वयनमा, जाम घटेको दाबी

पिक एन्ड ड्रपः कडाइका साथ कार्यान्वयनमा, जाम घटेको दाबी


काठमाडौं , २८ पुष : काठमाडौं महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत भयो । तर, ट्राफिक प्रहरीले यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएकाले अहिले यात्रुहरू निश्चित ठाउँमा बसेर गाडी चढ्ने गरेका छन् । ‘पिक एन्ड ड्रप’ले यात्रुलाई केही असहज भए पनि निजी तथा अन्य सवारीसाधन चलाउनेलाई भने सहज भएको छ । ट्राफिक जाम केही कम भएकाले अलि चाँडै गन्तव्यमा पुग्न थालेका छन् ।

जाम घटेको दाबी
‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको ट्राफिक प्रहरीको दाबी छ । ‘जाम घटाएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ,’ ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले भने । यसले गर्दा सडक अनुशासन कायम भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : २१ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई