२०८२, २४ चैत्र बुधबार

नेपाल एयरलाइन्समा एक्लै उड्दा …

नेपाल एयरलाइन्समा एक्लै उड्दा …


काठमाडौं , २८ पुष : अकस्मात् पोखरा जानु पर्ने भयो । फ्लाइटमा जानुको विकल्प्प थिएन् । महँगो भए पनि टिकट किन्नु थियो, पाए सस्तो छाँठड्ने थिइन् । काठमाडौं – पोखरा उड्ने सबैभन्दा महँगो टिकट दर पाँच हजार ४ सय छ । त्यनि नै तिर्छुभन्दा पनि निजी कम्पनीका विमानको टिकट पाउन सकिनँ ।सरकारी ध्वजावाहक नेपली वायु सेवाको टिकट कता पाइन्छ, थाहा थिएन् । अधिकांश ट्रार्भल एजेन्सीले निगमको आन्तरिक उडानको टिकट नपाइने, उडानको भर नहमुने कुरा सुनिन्थ्यो । तर, अरु एयरलान्सको टिकट नपाएपछि त्यतै ध्यान सोझियो ।

निगमको फोन लगाएँ । मेरा आर्थिक हैसियतबमोजिम नै सस्तो टिकट पाएँ । पाँच हजार भए पनि तिरौँला भनेको मान्छेलाई टिकट पाउनु नै ठुलो कुरा थियो । झन २ हजार रुपैयाँमा नै पाएपछि के चाहियो ? निजी कम्पनीले दैनिक दर्जनभन्दा बढी उडान भर्ने पोखरामा निगमको उडान भर्ने पोखरामा निगमको उडान मुस्कलले एउटा हुन्छ । बिहान ८ बजे उडान थियो । बिहान ७ बजे नै विमानस्थल पुगेँ । टर्मिनलमा भवनमा छिर्ने बित्तिकै नगमप्रति दया लागेर आयो ।

निजी विमानको बोर्डिङ काउन्टरमा यात्रुले भरिभराउ थिए, कर्मचारी अत्यन्त व्यस्त थिए । निगमको बोर्डिङ काउन्टरमा न कर्मचारी थिए न यात्रु नै । केहीबेरमा एक जना कर्मचारी आए मलाई बोर्डिङ पास दिए ।धेरै समयपछि विमान पोखरा उडान भर्न तयार थियो । मभित्र पसेँ । परिचारिका मात्रै थिइन् पाइलटले जहाज स्टार्ट गरेपछि छर्लँग भयो, यात्रु त मै मात्र रहेछु । १७ जना यात्रु बोक्ने जहाजले जम्मा २ हजार रुपैयाँ व्यापार ग¥यो । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : १४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि