२०८२, ७ फाल्गुन बिहीबार

पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा छौं : गृहमन्त्री

पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा छौं : गृहमन्त्री


वीरगञ्ज, २७ पुस :गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ पर्साको ४३औँ वार्षिक साधारणसभाको आज वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बताउनुभयो । उहाँले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले आर्थिक नगरी वीरगञ्जको विकासको लागि प्रदेशका जनप्रतिनिधिले आफ्नै कानून बनाउनुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीलगायतले समृद्ध र विकसित देश बनाउन केन्द्रीय सरकार कठिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : २२ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि