२०८२, १२ माघ सोमबार

पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा छौं : गृहमन्त्री

पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा छौं : गृहमन्त्री


वीरगञ्ज, २७ पुस :गृहमन्त्री रामबहादुर थापाले नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकार पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ पर्साको ४३औँ वार्षिक साधारणसभाको आज वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको बताउनुभयो । उहाँले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्ने बताउनुभयो ।

उहाँले देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले आर्थिक नगरी वीरगञ्जको विकासको लागि प्रदेशका जनप्रतिनिधिले आफ्नै कानून बनाउनुपर्ने बताउनुभयो । गृहमन्त्री थापाले राष्ट्रिय गौरवका आयोजना समयमै पूरा गर्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष ओमप्रकाश शर्माको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं १ का प्रदेशसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीलगायतले समृद्ध र विकसित देश बनाउन केन्द्रीय सरकार कठिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : २२ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै