२०८२, ७ फाल्गुन बिहीबार

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना

राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना


काठमाडौँ, २७ पुस: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । उहाँको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उहाँको योगदानको कदर गर्दै पुष्पअर्पण गरेर स्मरण गरेका छन् । नेताहरुले राष्ट्रको एकता र सार्वभौमसत्ता जोगाउन पृथ्वीनारायणले खेलेको भूमिका प्रशंसनीय रहेकाले आजको दिनलाई त्यहीअनुसार स्मरण गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रको एकता, सार्वभौमसत्ता र स्वाभिमान जोगाउन उहाँले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्मरण गर्नुभयो । आजको दिनमा बिदा कटौती हुनु दुखद् रहेको उल्लेख गर्दै उहाँले यसको पुनः व्यवस्था हुने बताउनुभयो । चियापानमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी हुनुभएको थियो । पृथ्वीनारायणलाई सुझबुझ भएको नेपाली राष्ट्रियताको प्रतीकका रुपमा सम्झँदै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, “उहाँले राष्ट्रिय एकीकरण गरेकाले हामीले नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ, त्यसकारण उहाँप्रति ठूलो सम्मान छ ।”

विसं २०६२÷६३ को आन्दोलनपछि वातावरण त्यस्तै बनेकाले उहाँको सम्झना कम भएको भन्दै पौडेलले जस–जसले योगदान गरे उनीहरुलाई सम्झनुपर्नेमा जोड दिनुभयो । बिदा कटौती नगर्दा नै राम्रो हुने उहाँले सुझाव दिनुभयो । अर्का नेता गोपालमान श्रेष्ठले राष्ट्रको एकता र एकीकरणमा पृथ्वीनारायणको ठूलो भूमिका रहेकाले त्यही भूमिकालाई सम्झेर स्मरण गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायणको योगदानलाई सम्झनेको जमात बढ्दै गएको बताउनुभयो । राज्यबाट पनि विचार विमर्श गरेर सम्झने वातावरण बन्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रको स्वाभिमान र एकतालाई मजबुत बनाउँदै अगाडि बढाउनुपर्ने आजको दिनले सन्देश दिएको उल्लेख गर्नुभयो ।

चियापान समारोहमा सहभागी नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले नेपाललाई एकताबद्ध बनाएर पृथ्वीनारायणले महत्वपूर्ण योगदान पु¥याएको कुरामा कुनै विवाद नरहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आजको दिनले सबै राजनीतिक शक्तिमा सद्भाव र एकताको अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्ति गर्नुभयो । आगामी दिनमा सरकारले पूर्ण रुपमा मान्यता दिएर सार्वजनिक बिदा दिने आशा राखेको उहाँको भनाइ थियो । चियापानमा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, परराष्ट्रविद् रमेशनाथ पाण्डे, पूर्वप्रहरी अधिकृत रमेश खरेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ४६ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि