२०८३, ३२ असार शुक्रबार

पानीले बिगारेको गोकर्णेश्वरका काठ फेरिने

पानीले बिगारेको गोकर्णेश्वरका काठ फेरिने


काठमाडौँ, २७ पुस : वर्षाद्को पानीले पुरातात्विक महत्वको गोकर्णेश्वर महादेव मन्दिरका काठ, झ्याल, ढोका र टुँडालमा क्षति पुगेको छ ।मन्दिरमा लगाइएको झिँगटीको छानाबाट पानी चुहिएर काठमा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । प्रामाणित अभिलेख नपाइए पनि राजा मानदेवका पालामा निर्माण भएको विश्वास गरिने मन्दिरमा लामो समयदेखि जीर्णोद्धार हुन सकेको छैन । विभागले तामाको छाना र काठ फेर्न बोलपत्र गर्ने तयारी गरेको विभागका प्राविधिक शाखा प्रमुख सम्पत घिमिरेले राससलाई जानकारी दिनुभयो । भूकम्पले समेत केही क्षति पुगेको मन्दिरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्वीकृति लिएर काठ र छाना फेर्न लागिएको हो । यसका लागि करीब रु चार करोड लागत अनुमान गरिएको छ । प्राधिकरणको स्वीकृति पाएपछि बहुवर्षीय ठेक्का आह्वान गरिने उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीले भने तामाको छानामा सुनको लेपन लगाउने उद्देश्यले गत वर्ष महायज्ञको आयोजना गरेको थियो । महायज्ञबाट उठेको रु तीन करोड ५० लाख, नगरपालिकाले विनियोजन गरेको रु एक करोड र विभागले दिने रु एक करोडबाट तामाको छानामा सुनको लेपन लगाइने काम शुरु गरिने नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

थप सहयोग दाताबाट उठाउनुपर्ने उहाँले जानकारी दिनुभयो । छानामा सुनको लेपन लगाउन एक महीनाअघि नै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको एक महीना बित्दा पनि काम शुरु नभएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् । सुनको छाना हाल्न रु १६ करोड लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित