२०८२, ४ माघ आईतबार

पानीले बिगारेको गोकर्णेश्वरका काठ फेरिने

पानीले बिगारेको गोकर्णेश्वरका काठ फेरिने


काठमाडौँ, २७ पुस : वर्षाद्को पानीले पुरातात्विक महत्वको गोकर्णेश्वर महादेव मन्दिरका काठ, झ्याल, ढोका र टुँडालमा क्षति पुगेको छ ।मन्दिरमा लगाइएको झिँगटीको छानाबाट पानी चुहिएर काठमा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । प्रामाणित अभिलेख नपाइए पनि राजा मानदेवका पालामा निर्माण भएको विश्वास गरिने मन्दिरमा लामो समयदेखि जीर्णोद्धार हुन सकेको छैन । विभागले तामाको छाना र काठ फेर्न बोलपत्र गर्ने तयारी गरेको विभागका प्राविधिक शाखा प्रमुख सम्पत घिमिरेले राससलाई जानकारी दिनुभयो । भूकम्पले समेत केही क्षति पुगेको मन्दिरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्वीकृति लिएर काठ र छाना फेर्न लागिएको हो । यसका लागि करीब रु चार करोड लागत अनुमान गरिएको छ । प्राधिकरणको स्वीकृति पाएपछि बहुवर्षीय ठेक्का आह्वान गरिने उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीले भने तामाको छानामा सुनको लेपन लगाउने उद्देश्यले गत वर्ष महायज्ञको आयोजना गरेको थियो । महायज्ञबाट उठेको रु तीन करोड ५० लाख, नगरपालिकाले विनियोजन गरेको रु एक करोड र विभागले दिने रु एक करोडबाट तामाको छानामा सुनको लेपन लगाइने काम शुरु गरिने नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो ।

थप सहयोग दाताबाट उठाउनुपर्ने उहाँले जानकारी दिनुभयो । छानामा सुनको लेपन लगाउन एक महीनाअघि नै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको एक महीना बित्दा पनि काम शुरु नभएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन् । सुनको छाना हाल्न रु १६ करोड लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ३१ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई