२०८२, १७ मंसिर बुधबार

स्याउसँगै तरकारी खेती

स्याउसँगै तरकारी खेती


रुकुम (पूर्व), २७ पुस : जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ । स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरीसमेत निर्माण गरिएका छन् ।

गत साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सीमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाँजर लगाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “मारिङमा यस अघिनै स्याउ लगाइएकोे छ”, उहाँले भन्नुभयो, “तिनको संरक्षण जरुरी भयो र उचाइमा भएका कारण पनि फलफूल उच्च पहाडी तरकारी र वन अनुसन्धान केन्द्र बनाउनका लागि अनुसन्धान शुरु गरिएको छ । ”

नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारीइसकेको छ । हाल उक्त ठाउँ धेरै चिसो भएकाले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि तातो मौसम शुरु हुने भएकाले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ । स्याउको संरक्षण पनि हुने र अरु कृषि तथा वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । प्राविधिकले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् । सो क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष बुढामगरले बताउनुभयो । वातावरणीय हावापानी र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुनलायक ठाउँ भएकाले सम्भाव्यता अध्यन भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार भएपछि उक्त ठाउँमा रु २० लाख खर्च भइसकेको र थप रु २५ लाख खर्च गर्ने तयारी भइराखेको छ । गत आर्थीक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण, खानेपानी र सिँचाइलगायत काम गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंङ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि आंैजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ५ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी