२०८२, २४ चैत्र बुधबार

स्याउसँगै तरकारी खेती

स्याउसँगै तरकारी खेती


रुकुम (पूर्व), २७ पुस : जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ । स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरीसमेत निर्माण गरिएका छन् ।

गत साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सीमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाँजर लगाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । “मारिङमा यस अघिनै स्याउ लगाइएकोे छ”, उहाँले भन्नुभयो, “तिनको संरक्षण जरुरी भयो र उचाइमा भएका कारण पनि फलफूल उच्च पहाडी तरकारी र वन अनुसन्धान केन्द्र बनाउनका लागि अनुसन्धान शुरु गरिएको छ । ”

नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारीइसकेको छ । हाल उक्त ठाउँ धेरै चिसो भएकाले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि तातो मौसम शुरु हुने भएकाले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ । स्याउको संरक्षण पनि हुने र अरु कृषि तथा वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । प्राविधिकले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् । सो क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष बुढामगरले बताउनुभयो । वातावरणीय हावापानी र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुनलायक ठाउँ भएकाले सम्भाव्यता अध्यन भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकार भएपछि उक्त ठाउँमा रु २० लाख खर्च भइसकेको र थप रु २५ लाख खर्च गर्ने तयारी भइराखेको छ । गत आर्थीक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण, खानेपानी र सिँचाइलगायत काम गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंङ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि आंैजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ५ : ५४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि