२०८२, ४ माघ आईतबार

त्रिविको जग्गा मिचेर बाटैबाटो

त्रिविको जग्गा मिचेर बाटैबाटो


काठमाडौं, २७ पुष : त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यलयको जग्गा अतिक्रम गरेर घरसम्म गाडी पुग्ने मोटर बाटो खोल्ने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यसको अभियान्ता थिए नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठ । उनले यो बाटोलाई पिचसम्म गराउन लागेका थिए । त्रिविले विरोध जनाएपछि सकेनन् । गोरेटो बाटोसमेत नभएको यो ठाउँमा अहिले ठुला गाडी चल्ने भएका छन् । विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्ट्रारको लागि निर्माणधीन भवनको पछाडिपट्टीको जग्गा मिचेर बाटो बनाइएको हो । त्रिविको जग्गामा बाटो बनाएपछि व्यक्तिगत जग्गामा चर्को मूल्यमा भाडामा लगाउन र व्यक्तिगत भवन बनाउन थालिएको छ । बाटो बनेसँगै घरको काठा भत्काएर सटर बनाउन थालिएको छ ।

बाटो खोलेपछि आफ्नो जग्गा छाडेर काडेँतार लगाएको छ । विश्वविद्यालयका पदाधिकारीका अनुसार सरकारबाट बजेट पारेर पर्खाल लगाउने सर्तमाबाटो खोल्न दिइएको हो । ‘धेरै प्रयास गर्दा पनि रोक्न सकेनौँ,’ एक पदाधिकारीले भने । कुमारी क्लब छेउबाट त्रिविको गेटसम्म समेत यो फराकिलो बाटोबाट सहजै निस्कन सकिन्छ ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ५२ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई