२०८२, २२ जेष्ठ बिहीबार

श्रीमानबाटै कुटिइन् निर्मलाकी आमा

श्रीमानबाटै कुटिइन् निर्मलाकी आमा


काठमाडौं, २७ पुष : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त श्रीमान् यज्ञराजबाटै कुटिएकी छिन् । डिएनए परीक्षणका लागि प्रहरीलाई रगत दिएको र सरकारी राहत लिन खोजेको भन्दै श्रीमान्ले कुटेको दुर्गाले बताइन् । ‘म भान्सामा भात पकाइरहेकी थिएँ । उनी (यज्ञराज) एक्कासि आएर मेरो घाँटी च्यापे । नसोधी रगत दिने ? राहत बुझ्न खोज्ने भन्दै कुटपिट गरे,’ दुर्गाले भनिन्, ‘घटना हुँदा दुवै छोरी स्कुल गएका थिए । भान्सामै लछारपछार गरेपछि म ज्यान जोगाउन उम्किएर बाहिर निस्किएँ ।’

निर्मलाको शवबाट निकालिएको भनिएको नमुना उनकै हो कि होइन यकिन गर्न दुर्गाले प्रहरीमा आफैँ निवेदन दिएकी थिइन् । बाबु–आमाको रगत परीक्षण गरेपछि नमुना निर्मलाको हो कि होइन भनेर प्रस्ट हुनेछ । सुरुमा प्रहरीले यज्ञराजसँग रगतको नमुना मागे पनि अस्वीकार गरेका थिए । दुर्गाले रगत दिएपछि उनी असन्तुष्ट बनेका थिए । यज्ञराजले अरूको इसारामा चलेको भन्दै कपाल भुत्ल्याउँदै आक्रमण गरेको दुर्गाले बताइन् । श्रीमान्ले खोसेको मोबाइल पछि प्रहरीले दुर्गालाई बुझाइदिएको थियो । निर्मलाका बुबा यज्ञराज र सौतेनी आमा लक्ष्मीले घरमा सल्लाह नै नगरी दुर्गाले अरूको उक्साहटमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छ ।

राहत बुझे न्याय कमजोर हुने उनीहरूको तर्क छ । दुर्गाले भने न्याय पर्खिँदा–पर्खिँदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले उनीहरूको भविष्यका लागि राहत बुझ्न लागेको बताएकी छिन् । तीन तहका सरकारबाट जम्मा १८ लाख राहत घोषणा भएपछि यज्ञराजले आफ्नो पनि ऋण तिर्नुपर्ने तर्क अघि सारेका छन् । यही विषयले दुर्गा र यज्ञराज–लक्ष्मीबीच विवाद बढेको स्थानीय बताउँछन् । निर्मलाकी आमा दुर्गा दुई छोरी लिएर भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बस्छिन् । बुबा यज्ञराज भने कान्छी श्रीमतीसँग बेग्लै बस्छन् ।

राहत बुझे घरमै आत्महत्या गर्छु : यज्ञराज
दुर्गाले राहत बुझे घरमै आएर आत्महत्या गर्ने धम्की यज्ञराजले दिएका छन् । ‘मैले सुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ,’ यज्ञराजले भने, ‘अहिले अरूको उस्काहटमा लागेर राहत बुझ्ने, रगत दिने ? राहत बुझे यही घरमा आएर आत्महत्या गर्दिन्छु ।’ उनले दुर्गालाई कुटपिट नगरेको पनि बताए ।

श्रीमान् र सौताबाट मैले जिन्दगीभर पीडा खेप्नुपर्ने ? : दुर्गा
दुर्गाले भने आफूले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपरेको दुःखेसो पोखेकी छिन् । उनले भनिन्, ‘मैले दुई छोरीको भविष्य सोच्नुपर्दैन ? एउटी छोरीको न्यायका लागि लड्दालड्दै दुई छोरीको भविष्यको चिन्ताले मलाई सताउँछ । उनी (यज्ञ)बाट सहयोग होइन, पीडा मात्रै पाउँदै आएकी छु । मैले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपर्ने ?’

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : ४८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक