२०८३, ३२ असार शुक्रबार

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’ :अध्यक्ष गुरागाईं


काठमाडौँ, २६ पुस: नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले हिमालयन हाइड्रो एक्पोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकार र निजी क्षेत्रले सक्रियताका साथ काम गर्ने हो भने आगामी १० वर्षमा नेपालको ऊर्जा क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

निजी क्षेत्रले उठाएका धेरैजसो माग सम्बोधन भए पनि वन क्षेत्रको जग्गा प्रयोगलगायतका विषय अझै सम्बोधन हुन नसकेको अध्यक्ष गुरागाईंको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एउटा निर्णय गर्ने, त्यसलाई वन तथा वातावरण मन्त्रालयले अस्वीकार गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यसलाई निराकरण गर्न पनि साझा प्रयत्न जरुरी रहेको उहाँको भनाइ थियो । आगामी माघ ४ गतेदेखि आयोजना हुने एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेसमेत आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जलविद्युत् क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको सो एक्स्पोमा एक लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, सामग्री आयातकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहनेछ ।

एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासङ्घ, नेपाल बैंकर्स सङ्घ, जलविद्युत् लगानी तथा विकास कम्पनीको सहयोग रहनेछ । मेलामा चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी एक्स्पोमा सहभागी हुँदैछन् । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । जलविद्युत् उत्पादनको गति तीव्र भइरहेका बेला आयोजना निर्माणमा महत्वपूर्ण योगदान दिँदै मुलुकलाई जलविद्युत्मा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पु¥याउने विश्वास लिइएको इपानका उपाध्यक्ष कुमार पाण्डेले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ८ : ०१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित