२०८२, ४ माघ आईतबार

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग

शान्ति काव्य प्रवाहमा सुशासन, सुरक्षाको माग


काठमाडौँ, २६ पुस : मानव अधिकार तथा शान्ति समाजले शान्ति काव्य प्रवाहको ७५औँ शृङ्खलामा आज सुशासन तथा सुरक्षाको माग गर्दै कविता वाचन गरिएको छ । उक्त काव्य प्रवाहमा कविले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितता÷ भ्रष्टाचारको निष्पक्ष छनबिन तथा निर्मला पन्तको हत्यारा पहिचान गर्न सरकारलाई कवितामार्फत आग्रह गरिएको थियो । मुलुकमा रोजगारको अवसर कायम नहुँदा युवा जनशक्ति विदेशिन बाध्य भएको र गाउँगाउँमा युवापुस्ताको अभावले त्यहाँको विकास निर्माणमा बाधा पुगेको विषयलाई पनि कवितामार्फत व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी, शारदा पराजुली, पुष्पा धमला, अतृप्त पाण्डे, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, उर्मिला पन्त पाण्डेय, कुशुम शर्मा, रश्मी रिमाल, पुण्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, गणेशप्रसाद खतिवडा, शर्मिला कार्की, मुकुन्द न्यौपाने, रवीन्द्र आशीष शैली, ललिता दोषी, देवकी तिमल्सिना, शिवराम खड्का, अच्युत पौडेल, केशवराज अर्याल, शाया मोक्तान, रत्नलक्ष्मी श्रेष्ठलगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

समाजका अध्यक्ष उत्तम पुडासैनीले २०६८ मङ्सिर २९ गते प्रारम्भ गर्नुभएको उक्त प्रवाहअन्तर्गत काठमाडौँ उपत्यकाबाहिर पनि कविता वाचनका माध्यमबाट सामाजिक सशक्तीकरणका कार्य गरिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ३६ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई