२०८२, २० कार्तिक बुधबार

हिउँदे अधिवेशन माघ ४ गतेदेखि

हिउँदे अधिवेशन माघ ४ गतेदेखि


धनगढी, २६ पुस: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते दिउँसो २ बजे आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभामुखसँगको परामर्शपछि अधिवेशन आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले संसद् अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ । गत असोज २३ गते सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सकिएको थियो ।

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा
माघे सङ्क्रान्ति पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै विभिन्न मन्त्रालयले तयार पारेका पशुपन्छी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, व्यावसायिक, सीपमूलक तालीम सञ्चालन कार्यविधि, वन तथा जलाधार व्यवस्थापनतर्फको कार्यक्रम सञ्चालन मार्गदर्शन र अनुदान तथा सहायता रकम निकासा एवं कार्यक्रम कार्यान्वयन लगायतका कार्यविधिलाई बैठकले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक वातावरण संरक्षणसम्बन्धी विधेयकको मस्यौदा निर्माण गर्न पनि बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । गत अधिवेशनयता प्रदेश सभा सचिवालय सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक मात्र दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ११ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज