२०८२, ४ माघ आईतबार

अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका एकको मृत्यु दुई घाइते

अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका एकको मृत्यु दुई घाइते


भरतपुर २६ पुस: चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौँ सिफारिश गरिएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ५० बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई