२०८२, ४ माघ आईतबार

एकसय झोलुङ्गे पुल निर्माण गरिने

एकसय झोलुङ्गे पुल निर्माण गरिने


काठमाडौँ, २६ पुस: यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । यो वर्ष निर्माण गरिने पुलमध्ये झण्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन् ।

तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । उहाँले भन्नुभयो, “ झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।” सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ । ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ । अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस्थापित गर्ने छन् ।

झोलुङ्गे पुल निर्माण गर्ने स्थानमा सार्वजनिक जग्गा हुँदा विवाद नभए पनि निजी जग्गा भएका ठाउँमा पुल निर्माणमा अवरोध आउने गर्छ । उहाँले भन्नुभयो, “जग्गा विवाद भएका ठाउँमा बाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ ।” डिभिजनले १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्छ भने त्यो भन्दा कम लम्बाइको पुल स्थानीय तहले निर्माण गर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ४२ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई