२०८३, २३ भाद्र बुधबार

एकसय झोलुङ्गे पुल निर्माण गरिने

एकसय झोलुङ्गे पुल निर्माण गरिने


काठमाडौँ, २६ पुस: यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो । अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । यो वर्ष निर्माण गरिने पुलमध्ये झण्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन् ।

तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन् । उहाँले भन्नुभयो, “ झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।” सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ । ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ । अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस्थापित गर्ने छन् ।

झोलुङ्गे पुल निर्माण गर्ने स्थानमा सार्वजनिक जग्गा हुँदा विवाद नभए पनि निजी जग्गा भएका ठाउँमा पुल निर्माणमा अवरोध आउने गर्छ । उहाँले भन्नुभयो, “जग्गा विवाद भएका ठाउँमा बाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ ।” डिभिजनले १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्छ भने त्यो भन्दा कम लम्बाइको पुल स्थानीय तहले निर्माण गर्छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ४२ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४