२०८३, २९ श्रावण शनिबार

डडेल्धुराका किसान किबी खेतीतर्फ आकर्षित

डडेल्धुराका किसान किबी खेतीतर्फ आकर्षित


अमरगढी, २६ पुस: डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै पर्ने अमरगढी–१ भेटा, ७ पोखरा र ६ दमोडा वडामा पनि केही किसानले समूहगत रूपमा गत वर्षदेखि किबी खेती गर्दै आएका छन् ।

चार वर्ष पहिले साविकको डडेल्धुरा जिल्ला कृषि विकास कार्यालयले खरिद गरेको रु आठ लाख बराबरको किबीका बिरुवा ५० प्रतिशत अनुदानमा यस वर्षमा ८०० बिरुवा वितरण गरिएको थियो । दुवै ठाउँका लागि दोलखाको बोचस्थित बागवानी फार्मबाट बिरुवा झिकाइ प्रतिबिरुवा रु १०० मा जिल्ला कृषि विकासले खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिनुभयोे ।किबी खेतीका लागि यहाँको मौसमका उपयुक्त देखिएकाले कृषक त्यसतर्फ बढी आकर्षित भएको उहाँले बताउनुभयो ।

बिरुवा लगाएको चार वर्षमै उत्पादन दिने यसको फल तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः ३००, ४०० र ५०० प्रतिकिलोमा बिक्री हुँदै आएको र विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने अधिकृत विष्टले जानकारी दिनुभयो । त्यहाँ उत्पादित किबी फललाई हुस्की, वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको पनि स्थानीय कृषक राजेश खनालले बताउनुभयो ।

डडेल्धुरामा किबी फलको शुरुआत गरिएको चार वर्ष मात्र भएको छ । यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्वीस प्रोजेक्टमा कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले यासको उत्पादन थाल्नुभएको थियो । बोचस्थित बागवानी फार्मका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किबीका पोथी जातमा हेवाड, ब्रुनो, अलिसन, अव्बुट, मोन्टी, ग्रासी छन् भने भाले जातमा टुमोरी, माटुवा आदि नामका छन् ।

किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादनमा सहज हुनाका साथै बजारमुखी पनि छ । एक पटक लगाएपछि ४०÷५० वर्ष लगातार फल दिन्छ । यसको फल अण्डा आकारको खैरो रङ्गको मसिनो झुसले ढाकेको हुन्छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा पूmल फुल्ने र कात्तिक मङ्सिरमा टिप्न गोग्य हुन्छ । फलको ठूला होटलमा बढी माग हुने किबीमा भिटामीन सी, इ, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेहजस्ता धेरै प्रकारका रोग निवारणका लागि पनि उपयोगी हुने विज्ञहरू बताउँछन् । किबी फल नेपालमा भित्रिएको करीब तीन दशक भइसके पनि प्रचारप्रसारको अभावमा किसानले यस्को महत्व नबुझेका हुन् डडेल्धुरामा सुन्तला खेती ह्रास आउँदै गरेका कारण वैकल्पिक यो खेतीको शुरुआत गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत विष्टको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ३८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व