२०८२, ४ माघ आईतबार

बुटिकमा परिणत हुँदै त्रिभुवन विमानस्थल

बुटिकमा परिणत हुँदै त्रिभुवन विमानस्थल


काठमाडौँ, पुस २६: त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रुपमा परिणत हुनेछ । अहिले त्रिभुव अन्तर्राष्ट्रिया विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भव काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै तयारी पूरा गरिसकेको दाबी गरेको छ । ‘झन्डै नौ महिनाअघिदेखि थालिएको तयारीबारे पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘हामी बैशाख १ गतेदेखि घोषणा गर्दै छौँ ।’ केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा एउटा टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक पनि गरिसकेका छन् ।

विमानस्थलमा पर्यटन मन्त्रालयले भित्री भागमा पोस्टर र विज्ञापन निकालेर नेपाली पहिरन, वेशभूषा जनजीवन, खानपान झल्किने कलासंस्कृति राख्ने जनाएको छ । यसका लागि १५ करोड बजेट अनुमान गरिएको जनाउँदै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ७ : ३१ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई