२०८२, २४ चैत्र बुधबार

काभ्रेका सांसद वमध्वजको कार्यशैलीप्रति सांसद नवीनाको आपत्ति !

काभ्रेका सांसद वमध्वजको कार्यशैलीप्रति सांसद नवीनाको आपत्ति !


काडमाडौं २५ पुस : नेकपाबाट निर्वाचित संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ ‘वमध्वज’ को कार्यशैलीप्रति सांसद नवीना लामाले तीब्र आपत्ति जनाएकी छिन् ।

काभ्रेको संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दोङको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद नवीना लामाले तेमालमा तामाङ संग्राहलयका लागि ६० लाखको प्रस्ताव गरेकी थिइन् । तर सांसद दोङले आफूखुसी ५० लाख मात्रै विनियोजन गरेपछि उनले यस्तो आपत्ति प्रकट गरेकी हुन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद बमध्वजको कार्यशैलीप्रति कटाक्ष गर्दै कार्यकर्ता र जनताको भावनाको कुठाराघात गरेको आरोप लगाएकी छिन्, ‘उनले सञ्जालमार्फत भनेकी छिन्, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट मेरो प्रस्तावमा ६० लाख रुपैयाँ तेमालमा तामाङ संग्रहालय निर्माणको लागि हाल्न भनेकी थिएँ । हाम्रो आदरणीय कामरेड़हरूले आफ्नो गोजीको पैसा हालेको जस्तो गरेर प्रचार गर्न थलेको देखेर मलाई हाँसो पो लग्यो !यसरी सुटुक्क खास ईन्ट्रेस्ट मिल्ने मान्छेको टीम गएर मात्र कसरी संग्रहालय निर्माण हुन्छ साथी हो ? विकास त सबै पार्टी प्रतिनीधी र जनता मिलेर सबैको सल्लाह, सुझाव छलफल अनि बैठक गरेर अगी वड़ने हो ! तपाईहरूले ठेक्का लिएको त होईंन होला नी !!! काभ्रेको क्षेत्र न १ को आदरणीय नेता साथीहरूलाई लोकतन्त्रको मूल्य र मन्यताको क्लास दिनु पर्ने अवस्था पो देखियो !!!’

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  १० : ३४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि