२०८२, २३ चैत्र मंगलबार

‘ग्राभिटी इञ्जिन’ बनाउन सफल भए गौतम

‘ग्राभिटी इञ्जिन’ बनाउन सफल भए गौतम


काठमाडौँ, २५ पुस : नेपाली अनुसन्धानकर्ता भानुभक्त गौतमले गुरुत्व बलको आधारमा सञ्चालन हुने ‘ग्राभिटी इञ्जिन’ सञ्चालन गर्न सफल भएको दावी गर्नुभएको छ । लामो समयदेखि इन्धन बिना विभिन्न यन्त्र सञ्चालनका लागि बल कसरी उत्पन्न गराउन सकिन्छ भन्ने खोजीमा लाग्नुभएका गौतमले ग्राभिटी इञ्जिनको मूल सिद्धान्तका आधारमा भारी ‘पेण्डुलम’लाई निरन्तर हल्लाई राख्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएको जानकारी दिनुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा ग्राभिटी इञ्जिनको अनुसन्धानमा प्राप्त सफलता सार्वजनिक गर्ने कार्यक्रममा उहाँले भन्नुभयो, “झुण्ड्याई राखिएको पेण्डुलमलाई फलिङ रक (पृथ्वीमा झर्दै गरेको ढुङ्गा) को सहायताबाट प्राप्त बल दुई गुणा चार गुणा हुँदै बढ्दै जाने बलको कारण पेण्डुलम निरन्तर चलिरहन्छ ।” संयुक्त अरब इमिरेट्स, कतार तथा अमेरिकाको भ्रमण तथा ती मुलुकका प्रयोगशाला तथा प्राविधिक तथा मेकानिकल क्षेत्रमा काम गर्ने अनुभव हासिल गरेका झापाको गौरादहका गौतमले २७ वर्षदेखि इन्धन बिना सञ्चालन हुने यन्त्रको विकासमा निरन्तर खोजीमा रहेको बताउनुभयो ।

विशेषगरी खेतीपातीमा रहेका बुबाको पानी तान्ने पम्पमा इन्धन सकिएपछि बन्द भएको कारण इन्धन बिना कसरी पम्प चलाउन सकिन्छ भन्ने खोजीमा लागेको उहाँको भनाइ थियो । अमेरिकाको विभिन्न सङ्ग्रहालयमा रहेका प्रारम्भका उपकरण तथा यन्त्र हेर्ने अवसर पाएका गौतमले ती यन्त्रबाट प्राप्त अनुभव तथा शिक्षाबाट उक्त उपकरण बनाएको जानकारी दिनुभयो ।

ग्राभिटी इञ्जिनमा ६५ केजी तौलको भारयुक्त वस्तुलाई डोरीको सहायताबाट सात फिटको उचाइमा झुण्ड्याइएको छ । त्यसलाई निरन्तर हल्लाउन पाँच केजी बल चाहिन्छ । पेण्डुलमलाई एक पटक हल्लाएर छोड्दा ११ पटकसम्म ६ केजी बल प्राप्त हुन्छ । त्यसलाई फलिङ रक सिद्धान्तबाट २२ केजी बलमा परिणत हुन्छ र फेरि गुणा गराई ४० देखि ४५ केजी बल प्राप्त हुन्छ । यसरी निरन्तर प्राप्त ६ केजी बलले ६५ केजीको भारयुक्त पेण्डुलमलाई निरन्तर हल्लाउने गर्दछ । उहाँका अनुसार उक्त इञ्जिन डाइनामाइटमा प्रयोग गर्न सकिने र बिना इन्धन निरन्तर यन्त्र सञ्चालन गर्न सकिने छ । यस यन्त्र सञ्चालन गर्न उत्पन्न भएको शक्तिबाट सिर्जना भएको ऊर्जालाई नै उहाँले ‘क्लिन इनर्जी‘ नाम दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ९ : ०२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि