२०८२, १ आश्विन बुधबार

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम

‘खगोल विज्ञानका १०० घण्टा’ कार्यक्रम


काठमाडौँ, २५ पुस: बिहीबारदेखि विश्वव्यापी रुपमा शुरु हुने खगोल विज्ञानका १०० घण्टा कार्यक्रमअन्तर्गत नेपालमा पनि विभिन्न कार्यक्रम हुने भएको छ । सातवटै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम गर्न स्वयंसेवी परिचालन गरिएकोे नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

प्रारम्भिक कार्यतालिकाअनुसार प्रदेश नं १ को दमक, प्रदेश नं २ को जनकपुर तथा सिमरा, प्रदेश नं ३ को काठमाडौँ उपत्यका, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको मङ्गलगढी तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिसन ‘न्यू होराइजन’ का बारेमा तथा यसको यम तथा भर्खरै भएको ‘अल्टिमा ठुले’ को यात्राको विषयमा २०७५ साल पुस ३० गते सोमबार वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा कार्यक्रम गरिने जनाइएको छ । कार्यक्रममा अमेरिकी संस्था प्लानेटरी साइन्स इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक डा हेनरीथुपसँग इन्टरनेटमार्फत विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिने सोसाइटीले जनाएको छ । निःशुल्क हुने यस कार्यक्रममा जततउस्ररदष्त।थिरद्दकष्ष्पव्m गएर आफ्नो नाम दर्ता गर्न सकिनेछ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचन हेर्न अध्यक्ष भट्टराईले सबैमा आह्वान गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ८ : ५७ बजे

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद्

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो डढेको शव, जेनजी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीबीच राजधानी काठमाडौंको

आन्दोलनको दबाबमा सभामुखको राजीनामा : राजनीतिक जिम्मेवारी कि नाटकीय भागाभाग ?

हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको