२०८२, ४ कार्तिक सोमबार

डा. केसीले शुरुआत गरे १६ औं अनसन

डा. केसीले शुरुआत गरे १६ औं अनसन


पशुपतिनगर, २५ पुस: चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गर्नुभएको छ । गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरुआत गर्नुभएको हो ।

मङ्गलबार इलाम सदरमुकाम आइपुग्नुभएका डा केसीले पत्रकार सम्मेलन गरी आज साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी दिनुभयो । पन्ध्रौँ सत्याग्रह अन्त्य गर्ने क्रममा गत साउन १० गते सरकारसँग राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफूले उठाएको माग समेटेर संसद्बाट पास गर्ने सहमति भएको थियो । तर सहमति विपरित चिकित्सा शिक्षा विधेयक अगाडि बढाएकाले आफूले १६ औँ पटक सत्याग्रहमा बस्नुपरेको उहाँले बताउनुभयो ।

डा केसीले ६ बुँदे मागमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्रिपरिद्षको निर्णयबमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने लगायतका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ५८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,