२०८२, २२ जेष्ठ बिहीबार

निर्मलाकी आमाको रगत नमूना सङ्कलन

निर्मलाकी आमाको रगत नमूना सङ्कलन


भीमदत्तनगर, २५ पुस : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना सङ्कलनका लागि निवेदन दिनुभएको थियो ।

प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उहाँको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ । “घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुशी रगत दिएकी हुँ,” दुर्गादेवीले भन्नुभयो, “आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।”

निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मान्नुभएको छैन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुबेर कडायतले सङ्कलन गरिएको निर्मलाकी आमाको रगत परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्ट प्रयोगशालामा पठाइने बताउनुभयो । निर्मलाको गत साउन ११ गते बिहान भीमदत्तनगरपालिका–१८ को उखुबारीमा शव भेटिएको थियो । उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ४९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक