२०८२, १२ माघ सोमबार

शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ

शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ


दमौली, २५ पुस: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको शिक्षा रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले भन्नुभयो, “डिग्री पास गरेका युवा रोजगारी नपाएर विदेशिनुपरेको अवस्थाको अन्त्यका लागि अब रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ ।”

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो । भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले यस क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले योजना बनाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्मा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिमाद नगरपालिका–९ का वडाअध्यक्ष इमान थापा, ७ का वडाअध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षाको योगदानको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : १६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै