२०८२, ४ माघ आईतबार

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता


काठमाडौँ, २५ पुस : टोखा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु ५०० प्रोत्साहन भत्ता दिने गरेको छ । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न नगरपालिकाले प्रोत्साहन भत्ता दिने गरेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । “स्वयंसेविकाले काम गरेबापत पारिश्रमिक पाउँछन्, अझ बढी समाजमा राम्रो काम गर्न जागरुक होस् भन्ने उद्देश्यले प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो ।

उनीहरुले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् । यस वर्ष स्वास्थ्य शाखाका लागि नगरपालिकाले रु ५० लाख बजेट छुट्याएको छ । नगरपालिकाको ११ वटै वडामा ९९ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ०७ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई