२०८३, २ असार बुधबार

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता


काठमाडौँ, २५ पुस : टोखा नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु ५०० प्रोत्साहन भत्ता दिने गरेको छ । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न नगरपालिकाले प्रोत्साहन भत्ता दिने गरेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताउनुभयो । “स्वयंसेविकाले काम गरेबापत पारिश्रमिक पाउँछन्, अझ बढी समाजमा राम्रो काम गर्न जागरुक होस् भन्ने उद्देश्यले प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो ।

उनीहरुले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् । यस वर्ष स्वास्थ्य शाखाका लागि नगरपालिकाले रु ५० लाख बजेट छुट्याएको छ । नगरपालिकाको ११ वटै वडामा ९९ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ०७ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई