२०८३, २७ श्रावण बिहीबार

काभ्रेको ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता

काभ्रेको ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता


काभ्रेपलाञ्चोक, २५ पुस : भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए ।

पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी ९सत्तल० निर्माणाधीन अवस्थामा छन् । दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ । विभागका अनुसन्धान अधिकृत मोहनसिं लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकास हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कलात्मक झ्याल, ढोका र थाम बनाउन कालीगढ नपाउँदा निर्माणमा समस्या भएको हो, निर्धारित समयमा निर्माण सक्न मुस्किल छ ।”

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सङ्घीय सरकारले गर्दै आएको छ । विभागले केन्द्रीयस्तरबाटै सम्पदा पुनःनिर्माणका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गर्ने गरेको लामाले बताउनुभयो । “जिल्लाका बाँकी सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएका छौँ,” उहाँले भन्नुभयो ।

सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमै निर्माण गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी लीला लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “फरक–फरक कालीगढ र निर्माण सामग्री तथा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ ।” हाल नमोबुद्धस्थित बौद्धचैत्य परिसरमा रु ७४ लाखको लागतमा दुईतले सत्तल निर्माण भइरहेको छ । क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्ने अवधि अब दुई वर्ष मात्र बाँकी छ
-रासस।

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ४६ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष