२०८३, २३ भाद्र बुधबार

काभ्रेको तेमालमा तामाङ राष्ट्रिय संग्राहलय बन्ने

काभ्रेको तेमालमा तामाङ राष्ट्रिय संग्राहलय बन्ने


काभ्रे  नारायणस्थान  २४ पुस :  तामाङ समुदायको बाक्लो बस्ती रहेको काभ्रेको तेमालमा राष्ट्रियस्तरको तामाङ संग्राहलय निर्माण गरिने भएको छ ।
आदिवासी ‘भूमीपुत्र’ तामाङ जातिको मौलिक भाषा, संस्कृति, धर्म, परम्परा र भेष–भुषामा काभ्रेको तेमाल अग्रणी स्थानमा रहेको छ ।

तामाङको रितिरिवाज र भाषा हराए तेमाल जानु भन्ने किंबदन्ती तामाङ समुदायमा रही आएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि यहाँ तामाङ जातिका राजा रिञ्जेनदोर्जेले शासन गर्दै आएका थिए ।

संग्राहलय निर्माणका लागि काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद गंगाबहादुर दोङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख अनुदान व्यवस्था गरेका छन् । संग्राहलय निर्माणका लागि स्थान छनौट गर्न हिजो सांसद दोङ सहितको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु तेमाल पुगेका थिए । गाउँ कार्यपालिकाको तर्फबाट दुर्गामाया तामाङले टोलीमा सहभागिता जनाएकी थिइन् ।( तेमाल पुगेका सांसद गंगाबहादुर दोङको टोली)

टोलीमा संलग्न जेनिस लामाकाअनुसार संग्राहलयका लागि तेमाल गाउँपालिका वडा नं. ५ को याङ्बेल डाँडा, चापाखोरीमा रहेको वडा नं. ७ को सिङ्दान डाँडा र वडा नं. ८ मा रहेको म्हेछोपा डाँडालाई प्रारम्भिक रुपमा छनौट गरिएको छ । यसको विस्तृत अध्ययन गरेपछि संग्राहलयमा तत्कालिन राजा रेञ्जेनदोर्जेको पालामा भएका युद्ध सामग्रीका अवशेषदेखि तामाङ जातिको जन्म र मृत्युसम्मको मौलिक संस्कार झल्किने वस्तुहरुलाई समावेश गरिनेछ । त्यस्तै संग्राहलयमा तामाङले उपयोग गर्ने बाजागाजा, औजार, भाँडावर्तन लगायतका सामग्रीहरु पनि समावेश गरिने स्थान छनौट टोलीमा सहभागी लिलाबहादु्र तामाङले बताए ।

संग्राहलयका लागि अनुमानित ५० रोपनी क्षेत्रफल भएको जग्गा चाहिने भएकाले वडा नं. ७ चापाखोरीमा रहेको सिङ्दान डाँडामा संग्राहय निर्माण हुने सम्भावना छ । त्यसका लागि सांसद गंगाबहादुर दोङले सहमति जनाएको बुझिएको छ । टोलीमा मौलिक कला संस्कृतिको क्षेत्रमा उल्लेख्य अनुभव लिएका रवीन्द्र पुरी समेत सहभागी थिए । संग्राहलय स्मारक सहितको निर्माणका लागि करिब १० करोड बराबरको बजेट अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ८ : २८ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४