२०८२, १७ मंसिर बुधबार

काभ्रेको तेमालमा तामाङ राष्ट्रिय संग्राहलय बन्ने

काभ्रेको तेमालमा तामाङ राष्ट्रिय संग्राहलय बन्ने


काभ्रे  नारायणस्थान  २४ पुस :  तामाङ समुदायको बाक्लो बस्ती रहेको काभ्रेको तेमालमा राष्ट्रियस्तरको तामाङ संग्राहलय निर्माण गरिने भएको छ ।
आदिवासी ‘भूमीपुत्र’ तामाङ जातिको मौलिक भाषा, संस्कृति, धर्म, परम्परा र भेष–भुषामा काभ्रेको तेमाल अग्रणी स्थानमा रहेको छ ।

तामाङको रितिरिवाज र भाषा हराए तेमाल जानु भन्ने किंबदन्ती तामाङ समुदायमा रही आएको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि यहाँ तामाङ जातिका राजा रिञ्जेनदोर्जेले शासन गर्दै आएका थिए ।

संग्राहलय निर्माणका लागि काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद गंगाबहादुर दोङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख अनुदान व्यवस्था गरेका छन् । संग्राहलय निर्माणका लागि स्थान छनौट गर्न हिजो सांसद दोङ सहितको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु तेमाल पुगेका थिए । गाउँ कार्यपालिकाको तर्फबाट दुर्गामाया तामाङले टोलीमा सहभागिता जनाएकी थिइन् ।( तेमाल पुगेका सांसद गंगाबहादुर दोङको टोली)

टोलीमा संलग्न जेनिस लामाकाअनुसार संग्राहलयका लागि तेमाल गाउँपालिका वडा नं. ५ को याङ्बेल डाँडा, चापाखोरीमा रहेको वडा नं. ७ को सिङ्दान डाँडा र वडा नं. ८ मा रहेको म्हेछोपा डाँडालाई प्रारम्भिक रुपमा छनौट गरिएको छ । यसको विस्तृत अध्ययन गरेपछि संग्राहलयमा तत्कालिन राजा रेञ्जेनदोर्जेको पालामा भएका युद्ध सामग्रीका अवशेषदेखि तामाङ जातिको जन्म र मृत्युसम्मको मौलिक संस्कार झल्किने वस्तुहरुलाई समावेश गरिनेछ । त्यस्तै संग्राहलयमा तामाङले उपयोग गर्ने बाजागाजा, औजार, भाँडावर्तन लगायतका सामग्रीहरु पनि समावेश गरिने स्थान छनौट टोलीमा सहभागी लिलाबहादु्र तामाङले बताए ।

संग्राहलयका लागि अनुमानित ५० रोपनी क्षेत्रफल भएको जग्गा चाहिने भएकाले वडा नं. ७ चापाखोरीमा रहेको सिङ्दान डाँडामा संग्राहय निर्माण हुने सम्भावना छ । त्यसका लागि सांसद गंगाबहादुर दोङले सहमति जनाएको बुझिएको छ । टोलीमा मौलिक कला संस्कृतिको क्षेत्रमा उल्लेख्य अनुभव लिएका रवीन्द्र पुरी समेत सहभागी थिए । संग्राहलय स्मारक सहितको निर्माणका लागि करिब १० करोड बराबरको बजेट अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ८ : २८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी