२०८२, १७ मंसिर बुधबार

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा


भोजपुर, २४ पुस: जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको इष्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच मेघावाट क्षमताको उक्त आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी रहेको छ । आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ । आयोजनाको पिपिएअनुसार आगामी असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य राखिएको छ । लामो समय विवादका कारण बन्द रहेको हाइड्रोपावरको डेढ वर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।

आयोजनाको मुहानमा बाँध निर्माणको काम भइरहेको छ । विद्युत्गृहदेखि मुहानसम्मको चार किलोमिटर एड्रेस पाइप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा रहेको हाइड्रोपावरका इञ्जिनीयर रोशन साहले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेर विद्युत् वितरण शुरु गर्ने लक्ष्य लिएका छौँ ।”

विसं २०६२ मा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा दुई दशमलव पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको थियो । आयोजनाको २०६७ बाट निर्माण शुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्पलगायत विविध राजनीतिक गतिरोधका कारण कामले गतिलिन सकेको थिएन ।

आयोजनाको विद्युत् क्षमता २०७२ को अन्त्यतिर बढाएर पाँच मेघावाट पु¥याइएपछि निर्माणको कामले तीव्रता पाएको जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइनमा जोड्न तार तान्ने काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाको कूल इस्टिमेटको १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयका लागि माघमा शेयर खुला गरिने बताइएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाइड्रोपावरको कूल रु एक अर्ब २० करोडको प्राविधिक इस्टिमेटमध्ये छ करोड २० लाख बराबरको शेयर पाउने छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ६ : ०६ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी