२०८३, २ असार बुधबार

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा

इष्ट्रन हाइड्रोको काम अन्तिम चरणमा


भोजपुर, २४ पुस: जिल्लाको पिखुवा खोलामा निर्माण भइरहेको इष्ट्रन हाइड्रोपावर जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँच मेघावाट क्षमताको उक्त आयोजना निर्धारित समयभन्दा अगाडि सक्ने तयारी रहेको छ । आयोजना करीब रु एक अर्ब २० करोड लागतमा निर्माण भइरहेको छ । आयोजनाको पिपिएअनुसार आगामी असार मसान्तसम्म सकिने सम्झौता भए पनि निर्माण कार्यको गति हेर्दा चालू आर्थिक वर्षको फागुन अन्तिममा सक्ने लक्ष्य राखिएको छ । लामो समय विवादका कारण बन्द रहेको हाइड्रोपावरको डेढ वर्षमै ९८ प्रतिशत काम सम्पन्न भएकोे हो ।

आयोजनाको मुहानमा बाँध निर्माणको काम भइरहेको छ । विद्युत्गृहदेखि मुहानसम्मको चार किलोमिटर एड्रेस पाइप बिछ्याउने, टरबाईन राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम अन्तिम चरणमा रहेको हाइड्रोपावरका इञ्जिनीयर रोशन साहले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ, हामीले यसलाई निर्धारित समयभन्दा अगाडि सम्पन्न गरेर विद्युत् वितरण शुरु गर्ने लक्ष्य लिएका छौँ ।”

विसं २०६२ मा तत्कालीन समयका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा दुई दशमलव पाँच मेगावाट क्षमताको विद्युत् उत्पादन हुने गरी सम्झौता सर्भे गरिएको थियो । आयोजनाको २०६७ बाट निर्माण शुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भूकम्पलगायत विविध राजनीतिक गतिरोधका कारण कामले गतिलिन सकेको थिएन ।

आयोजनाको विद्युत् क्षमता २०७२ को अन्त्यतिर बढाएर पाँच मेघावाट पु¥याइएपछि निर्माणको कामले तीव्रता पाएको जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइनमा जोड्न तार तान्ने काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाको कूल इस्टिमेटको १० प्रतिशत आयोजनाबाट प्रभावित स्थानीयका लागि माघमा शेयर खुला गरिने बताइएको छ । प्रभावित क्षेत्रका स्थानीयले हाइड्रोपावरको कूल रु एक अर्ब २० करोडको प्राविधिक इस्टिमेटमध्ये छ करोड २० लाख बराबरको शेयर पाउने छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ६ : ०६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई