२०८३, ३२ असार शुक्रबार

पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक

पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक


काठमाडौँ, २१ पुस : पत्रकार शिवहरि घिमिरेद्वारा लिखित पुस्तक ‘होचो ढोका’ सार्वजनिक भएको छ ।

स्वदेश प्रकाशन प्रालिले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वास्तविक जनताको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय वस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताउनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताउनुभयो ।

‘होचो ढोका’ शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा शिर निहँु¥याएर जान सकियोस् भनी राखिएको उहाँको भनाइ थियो । नागरिक दैनिकका सम्पादक लुइँटेलले समाचार सङ्कलन गरिरहेको विषयलाई सूक्ष्म रुपले खोज गरी प्रस्तुत गरे पुस्तक बन्ने उदाहरण लेखक घिमिरेले स्थापित गरेको बताउनुभयो ।

तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार सङ्कलनको विषयलाई पुस्तकमा समावेश गरिएको सुनाउनुभयो । १८२ पृष्ठको पुस्तकमा ६७ शीर्षक छन् । स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको मूल्य रु ३२५ छ ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : १५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित