२०८२, १६ मंसिर मंगलबार

पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक

पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक


काठमाडौँ, २१ पुस : पत्रकार शिवहरि घिमिरेद्वारा लिखित पुस्तक ‘होचो ढोका’ सार्वजनिक भएको छ ।

स्वदेश प्रकाशन प्रालिले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वास्तविक जनताको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय वस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताउनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताउनुभयो ।

‘होचो ढोका’ शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा शिर निहँु¥याएर जान सकियोस् भनी राखिएको उहाँको भनाइ थियो । नागरिक दैनिकका सम्पादक लुइँटेलले समाचार सङ्कलन गरिरहेको विषयलाई सूक्ष्म रुपले खोज गरी प्रस्तुत गरे पुस्तक बन्ने उदाहरण लेखक घिमिरेले स्थापित गरेको बताउनुभयो ।

तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार सङ्कलनको विषयलाई पुस्तकमा समावेश गरिएको सुनाउनुभयो । १८२ पृष्ठको पुस्तकमा ६७ शीर्षक छन् । स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको मूल्य रु ३२५ छ ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : १५ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी