२०८२, ४ माघ आईतबार

आगोकै भरमा रातभर खुला आकाशमुनि बास

आगोकै भरमा रातभर खुला आकाशमुनि बास


हुम्ला,पुस २१ : महिनावारी हुँदा छाउगोठमा बास भन्ने त सुनेकै कुरा हो तर रातभर खुला आकाशमुनि रात बिताउनुपर्ने कुरा भने कमैले सुनेको हुनसक्छ । हुम्लाको एउटा गाउँमा महिला महिनावारी हुँदा खुला आकाशमुनि आगोको भरमा रात बिताउने गर्छन्, गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

जिल्लाको सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ३ को उनापानी गाउँका महिला महिनावारी भएको बेला खुला जमिनमा आगो बालेर रात काट्दै आएका छन् । महिला पुसको चिसोमा पनि यसरी बस्नुको कारण भने सामाजिक मान्याता नै रहेको छ ।

फेरुवा र छालाको ओछ्यान लगाएर कम्मल पिठ्युमा ओढेर आगो ताप्र्दै रातमा बसेकी पञ्चकला फडेरा उमेरले ४४ वर्ष पुगिन् । महिनावारी हुँदा यसरी नै किशोरी अवस्थादेखि बस्दै आएको उनी बताउँछिन् । निद्रा नलाग्दासम्म सँगैका संगिनीहरू गफ गरेर बस्ने र निद्रा आएमा सुत्ने गरेको बताउने फडेराले यो महिलाको रहर नभएर बाध्यता भएको बताइन् ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ४५ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको