२०८२, ४ भाद्र बिहीबार

मेलम्ची अनिश्चयतिर, सचिवले गरे एकाएक धरौटी जफत

मेलम्ची अनिश्चयतिर, सचिवले गरे एकाएक धरौटी जफत


काठमाडौं,पुस २१ : मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको छ ।

खानेपानी सचिव र आयोजना प्रमुखले समयमै भुक्तानी गरेको भए मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीले आगामी माघ २७ गते मेलम्ची खोलामा अस्थायी बाँध बाँधेर काठमाडौंमा पानी ल्याइसक्थ्यो । तर खानेपानी सचिव र आयोजना प्रमुखका कारण उसले पाउनुपर्ने कानुनी रकम ३६ करोड रुपैयाँ दिइएन । ठेकेदारले पटक–पटक ताकेता गर्दै ‘भुक्तानी नपाए एकतर्फी रूपमा ठेक्का रद्द गर्ने’ चेतावनी दिँदै आएको थियो । ठेकेदारले यस्तो चेतावनी दिँदा पनि सचिव र आयोजना प्रमुख टसको मस भएनन् ।

अन्ततः पुस २ गते ठेकेदारले एकतर्फी ठेक्का रद्द भएको सूचना सरकारलाई दियो । क्रिसमस र नयाँ वर्ष मनाउन इटाली फर्कन लागेका ठेकेदारका कर्मचारीलाई खानेपानी सचिव गजेन्द्र ठाकुरले पक्राउ गर्न र पासपोर्ट खोस्न लगाए ।ठेकेदारका कर्मचारीलाई होटलमा छापा मारी पक्राउ गरियो । उनीहरूको पासपोर्ट जफत गरियो । सचिव ठाकुरले प्रचार गरे, ‘ठेकेदार सीएमसी अढाइ अर्ब रुपैयाँ लिएर भाग्न लागेकाले पक्राउ गरियो ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

सरकारले चाहेमा जतिबेला पनि ठेकेदारले राखेको बैंक ग्यारेन्टी जफत गर्न सक्थ्यो । कानुनी प्रक्रियामा नगई अपराधीलाईजस्तो धरपकड गरियो । यति हुँदा पनि सीएमसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता पनि चल्यो । वार्तामा उनीहरूको पहिलो शर्त राखे–पर्व मनाउन आफ्नो देश जान पाउने । सरकारले अनुमति दियो । पुस २३ गते ठेकेदारका प्रतिनिधि इटालियन राजदूतसहित नेपाल आउने कार्यक्रम बन्यो । उनीहरूले खानेपानी मन्त्री, सचिव, आयोजना प्रमुखलगायत सरकारी पदाधिकारीलाई भेट्ने, बाँकी काम आफैंले गर्ने घोषणा गर्ने तयारी गरेका थिए ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : २९ बजे

सिन्धुलीमा अनेमसंघको भव्य तीज कार्यक्रम, महिला नेतृहरु उत्साहित

सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीले

तीजलाई एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउनुपर्छ : सचिव अर्याल

काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यम अर्यालले तीज पर्वलाई

जापानबाट ३० अर्ब ८ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक

काठमाडौं । नेपाल सरकारले जापान सरकारबाट करिब ३० अर्ब ८

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ

काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश जारी