२०८२, ४ माघ आईतबार

१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो

१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो


काठमाडौं,पुस २१ : राममाया : घुटुघुटु पिएर खा । उठ्छेस कि ?
गंगामाया : सके पो उठ्नु ? १२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् ।

मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा घर छ, उनको । ‘काठमाडौंबाट १५ सय रुपैयाँ बस भाडा लाग्छ,’ नातिनी खेलाउँदै राममायाले भनिन्, ‘मैले १७ वर्षमा छोरा जन्माएँ । छोरीले १२ वर्षमै छोरी जन्माइन् ।’ पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन् । मुसार्छिन् । आफैं लजाउँछिन् । मुस्कुराउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएको कारण उनलाई उठ्नसमेत सकस छ ।

परोपकार प्रसूती गृहको ५ नं. मा बालिका गंगामायाले शिशु जन्माएपछि उनलाई सोध्दै हेर्न जानेहरु बढेपछि नर्सहरु पनि हैरान छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचारमा चासो देखायो । गंगामायालाई एमबुलेन्समा ल्याई परोपकार प्रसुती गृहमा भर्ना गरिएको थियो । भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : १६ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई