२०८२, २४ चैत्र बुधबार

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार

मेलम्ची आयोजनालाई समयमै सम्पन्न गराउन कर्मचारी तयार


काठमाडौँ, २० पुस : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन् । उनीहरुले सो आयोजनाको पानी काठमाडौँ उपत्यकामा ल्याउन आफूहरु सक्षम र तयार रहेकोसमेत बताएका छन् । केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी सङ्गठनको आज भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन र सहज ढङ्गले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।

कर्मचारी युनियन एकीकरण कार्यदलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरु दिनरात नभनी खट्ने प्रतिबद्धता जनाउनुभयो । भेलामा अधिकांश कर्मचारीले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । सो अवसरमा खानेपानीमन्त्री बीना मगरले केही तत्वले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौँमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केही स्वार्थी समूहले मेलम्ची नआओस् भन्ने चाहेको छ”, उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई विफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन्, तर सरकार कहीँकतै विचलित हुने छैन, काममा दृढ सङ्कल्पका साथ मन्त्रालय अघि बढेको छ ।”

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सहज ढङ्गले वितरण गर्न कर्मचारीमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्यमुख्य शहरमा खानेपानीको आपूर्ति गर्न केही ठूल ठूला आयोजना अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइको क्षेत्रमा पहिलोपटक मन्त्रालयले साझा ऐन कानून बनाउन लागि परेको उल्लेख गर्दै उहाँले अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानी विधेयक तयार भएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ९ : १३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि