२०८२, १६ मंसिर मंगलबार

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण


काठमाडौँ, पुस २० : शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उहाँको थप कीर्तिमय जीवनको कामना गर्नुभयो ।

नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा संस्कृत विद्याशिरोमणि प्रा डा वेणीमाधव ढकालले नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदयरसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सरल, सुमधुर तथा साराञ्चित भाषाशैलीमा सम्पादित भएको छ भन्नभयो ।

प्रा डा माधव भट्टराईले डा कञ्चनजङ्घा प्रसाईं र विदुषी प्रसार्इं दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि आफ्नो धर्म र संस्कृतिप्रति प्रतिवद्धता देखाएर ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर उल्लेखनीय कार्य गर्नुभएको छ भन्नुभयो । सनातन हिन्दूधर्म र संस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उहाँहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक रहेको पनि उहाँले बताउनुभयो ।

विसं १९९५ मा आफ्ना बुबा शङ्करदास जोशीबाट नेवारी भाषामा स्वहस्ताक्षरित श्रीस्वस्थानी व्रतकथाको शताब्दी पुरूष डा सत्यमोहन जोशीले सार्वजनिक गर्नुभयो । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष प्रा डा रामप्रसाद उप्रेती, सदस्यसचिव नरेन्द्रराज प्रसाईं र सम्पादकमध्येबाट विदुषी प्रसार्इंले श्रीस्वस्थानी व्रतकथाको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

विद्यार्थी पुस्तक भण्डारले देशदेशान्तरमा ‘श्रीस्वस्थानी व्रतकथा’ पु¥याउने भएको छ । समारोहमा मृदङ्ग मण्डलीले श्रीस्वस्थानी माताको भजनकीर्तन प्रस्तुत गरेको थियो । शताब्दी पुरूष डा जोशीका अनुसार मृदङ्ग मण्डलीले एक शताब्दीदेखि नियमितरूपमा श्रीस्वस्थानी व्रतकथामा आधारित भजनकीर्तन प्रस्तुत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ७ : ३८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी