२०८२, २४ चैत्र बुधबार

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण


काठमाडौँ, पुस २० : शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण गरेर आफ्नो जन्मशताब्दीे वर्षको आरम्भ गर्नुभयो । ‘नइ’ प्रकाशनका तर्फबाट स्रष्टाद्वय डा मोदनाथ प्रश्रित र दीनानाथ शर्माले डा सत्यमोहन जोशीलाई जरीजडित दुबोको माला लगाएर उहाँको थप कीर्तिमय जीवनको कामना गर्नुभयो ।

नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा संस्कृत विद्याशिरोमणि प्रा डा वेणीमाधव ढकालले नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदयरसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सरल, सुमधुर तथा साराञ्चित भाषाशैलीमा सम्पादित भएको छ भन्नभयो ।

प्रा डा माधव भट्टराईले डा कञ्चनजङ्घा प्रसाईं र विदुषी प्रसार्इं दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि आफ्नो धर्म र संस्कृतिप्रति प्रतिवद्धता देखाएर ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर उल्लेखनीय कार्य गर्नुभएको छ भन्नुभयो । सनातन हिन्दूधर्म र संस्कृतिमाथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उहाँहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक रहेको पनि उहाँले बताउनुभयो ।

विसं १९९५ मा आफ्ना बुबा शङ्करदास जोशीबाट नेवारी भाषामा स्वहस्ताक्षरित श्रीस्वस्थानी व्रतकथाको शताब्दी पुरूष डा सत्यमोहन जोशीले सार्वजनिक गर्नुभयो । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष प्रा डा रामप्रसाद उप्रेती, सदस्यसचिव नरेन्द्रराज प्रसाईं र सम्पादकमध्येबाट विदुषी प्रसार्इंले श्रीस्वस्थानी व्रतकथाको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

विद्यार्थी पुस्तक भण्डारले देशदेशान्तरमा ‘श्रीस्वस्थानी व्रतकथा’ पु¥याउने भएको छ । समारोहमा मृदङ्ग मण्डलीले श्रीस्वस्थानी माताको भजनकीर्तन प्रस्तुत गरेको थियो । शताब्दी पुरूष डा जोशीका अनुसार मृदङ्ग मण्डलीले एक शताब्दीदेखि नियमितरूपमा श्रीस्वस्थानी व्रतकथामा आधारित भजनकीर्तन प्रस्तुत गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ७ : ३८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि