२०८२, १३ माघ मंगलबार

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन


काठमाडौँ, पुस २० :टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो।

संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन
संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन्। फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे।

‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको शपथ कानुनसम्मत छैन।’ सभामुख महराले प्रतिपक्ष दल र अन्य कानुनी परामर्शबिना कार्यकारीको जस्तो अधिकार प्रयोग गरी शपथ गराउनु गलत भएको अधिकारीले जिकिर गरे।

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ७ : १९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै