२०८३, २ असार बुधबार

सरकारलाई कटौती भएको १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव

सरकारलाई कटौती भएको १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव


काठमाडौं सरकारले सार्वजनिक बिदा बढी भयो भनेर २०७५ मा कटौती गरेका बिदाहरु २०७६ मा थप्न प्रस्ताव गरिएको छ।

गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो ।

बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ मा राख्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । सरकारले ०७५ मा १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । अब २०७६ मा एक दिन थपेर १३ दिन सार्वजनिक बिदा थप गर्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेको समितिले १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।

समितिले किराँत चाड उभौली बु्द्ध पूर्णिमा र उधौलीका लागि २ दिन, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३ दिन, क्रिसमसमा १ दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा १९१ दिन गरेर ३ दिन बिदा दिन प्रस्ताव गरिएको छ ।

यस्तै छठ पर्वमा १ दिन, ऋषि पञ्चमी महिलालाई मात्रै १ दिन, माघी पर्वमा १ दिन र जनै पूर्णिमामा १ दिन गरी १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।
२०७४ मा केपी शर्मा ओली नेतृत्वकै सरकारले विभिन्न समुदायले मनाउने चाडपर्वमा यस अघि दिँदै आएको कूल १२ दिनको सार्वजनिक बिदा कटौती गरेको थियो । तिनै बिदा पुनस्र्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ५३ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई