२०८२, १ आश्विन बुधबार

सरकारलाई कटौती भएको १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव

सरकारलाई कटौती भएको १३ दिन सार्वजनिक बिदा थप्न प्रस्ताव


काठमाडौं सरकारले सार्वजनिक बिदा बढी भयो भनेर २०७५ मा कटौती गरेका बिदाहरु २०७६ मा थप्न प्रस्ताव गरिएको छ।

गएको चैतमा मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक बिदा धेरै भएकाले सरकारी कामकाज नै प्रभावित भएको भन्दै २०७५ को क्यालेण्डरमा बिदा कटौती गरेको थियो ।

बिदा पुनरावलोकन गर्न गठित कार्यदलले ०७५ मा कटौती भएका सबै बिदाहरु ०७६ मा राख्न सरकारसमक्ष प्रस्ताव पेस गरेको छ । सरकारले ०७५ मा १२ दिन सार्वजनिक बिदा कटौती गरेको थियो । अब २०७६ मा एक दिन थपेर १३ दिन सार्वजनिक बिदा थप गर्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सदस्य रहेको समितिले १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।

समितिले किराँत चाड उभौली बु्द्ध पूर्णिमा र उधौलीका लागि २ दिन, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३ दिन, क्रिसमसमा १ दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा १९१ दिन गरेर ३ दिन बिदा दिन प्रस्ताव गरिएको छ ।

यस्तै छठ पर्वमा १ दिन, ऋषि पञ्चमी महिलालाई मात्रै १ दिन, माघी पर्वमा १ दिन र जनै पूर्णिमामा १ दिन गरी १३ दिन बिदा थप गर्न प्रस्ताव गरेको हो ।
२०७४ मा केपी शर्मा ओली नेतृत्वकै सरकारले विभिन्न समुदायले मनाउने चाडपर्वमा यस अघि दिँदै आएको कूल १२ दिनको सार्वजनिक बिदा कटौती गरेको थियो । तिनै बिदा पुनस्र्थापित गर्न कार्यदलले सरकारलाई सुझाव दिएको हो ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ५३ बजे

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा