२०८२, ३ माघ शनिबार

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल


काठमाडौँ, १९ पुस : गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्ति गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुसमा महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराउनुभयो । पाँचथरको थाक्लेमा जन्मिनुभएका खनालले परराष्ट्र र वैदेशिक मामिलाका जानकारी हुनुहुन्छ ।

पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका नियुक्त हुनुभएको उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई लिएर ‘भू–राजनीति’ पुस्तकसमेत प्रकाशन गर्नुभएको छ ।

सगरमाथा दैनिक पत्रिकाबाट पत्रकारिता आरम्भ गर्नुभएका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसक्नुभएको छ ।

अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका उहाँ अहिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै हुुनुहुन्छ ।

नवनियुक्त सल्लाहार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र गोरखापत्रको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १९ पुस बिहीबार  ८ : ११ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको